सहसचिव नवराज ढकाल ल्हासा र उदय रानामगर हङकङका लागि महावाणिज्यदूत नियुक्त
सरकारले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदय बहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो।सहसचिव मगर गृहमन्त्रालय र ढकाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत थिए । उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गर्न मंगलबार मात्र परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।अघिल्लो मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकाल र झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई परराष्ट्रमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित :२०७७ भाद्र १५, सोमबार ०७:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%