कार्यालय प्रमुख मिता :-चुस्त सेवा प्रवाह, अब्बल कार्यसम्पादन

अञ्जनकुमार हिमाली

Advertisement 1

जमाना यस्तो पनि थियो कुनै बेला महिलाहरूलाई दास, मनोरञ्जनको साधनको रुपम हेरिन्थ्यो । महिला शिक्षित हुनुहुन्न भन्ने मनोभावले त होला पोथी बासेको राम्रो हैन भनेर महिला प्रति अपमानित र अपहेलित शव्दले प्रहार गरिन्थ्यो । आज समयले निकै नै फन्को मारेको छ । गुड्ने देखि उड्ने र कार्यालय सहयोगी देखि सचिव तहसम्म महिलाहरू छन तथापि पुरुषवादी सोचमा अझै परिवर्तन नआएको हो कि ? हेय भाव कतै न कतै झल्किएको महसुस महिला कर्मचारीमा छ । भने पुरुषहरुमा के काम गर्लान् र भन्ने मनस्थिति को घरले डेरा जमाउन छोडेको कहाँ छ र !

महिलालाई बिश्वास नगर्ने अन्य कर्मचारीले पनि नटेर्ने यस्ताको बिरुद्द डटेर आफ्नो कर्तव्यबाट किन्चित बिचलित नभई कर्मप्रति बफादार हाकिम हुन पर्यटन तथा साना उद्योग कार्यालय लमजुङको मिता कुमारी थापा । उनीभन्दा पहिला कोही पनि महिला प्रमुख थिएनन् । यसो त लमजुङमा कुनै बेला तीन तीनवटा सरकारी कार्यालयको प्रमुख नै महिला थिए । कर कार्यालयमा रेखा रिजाल, नापी कार्यालयमा हेलिना श्रेष्ठ र पर्यटनमा उनी । रेखा सरुवा भएर अहिले काठमाडौं छन भने हेलिना अध्ययनका लागि बिदेश । महिला कार्यालय प्रमुखमा एक्ली छन मिता । कार्य कौशलताले मितालाई सबै सामु राम्रो परिचीत बनाएको छ । मिलनसार र लगनशीलताले मिताका पर्याय हुन । बजेटका हिसाबले चुत्थो होला झन्झटका हिसाबले भने टाउको दुखाउने अड्डा हो पर्यटन तथा उद्योग कार्यालय । तर मिता कुनै झन्झट मान्दिनन । सेवाग्राही जतिसुकै राक्किएर आएपनि उनको भद्रता शिष्टताले साम्य पारिदिन्छ । उनी सानातिना अल्झनले सेवाग्राहीलाई दुख दिनुहुन्न भन्ने मानसिकता राख्छिन । कति काम त उनी आफैले सहजीकरण गर्दिने गरेकी छन ।

Advertisement 2

घमण्ड रिस र लोभको कुनै गुन्जायस पाइन्न उनमा । हाकिम भन्न साथ भ्रष्ट नै हुन्छन् भन्ने गरिन्छ । र पछिल्लो समय भ्रस्टाचार ले डामिएकाहरुको लस्कर देख्दा त्यस्तो पनि लाग्छ । तर मितालाई बरु दुईचार पैसा आफ्नै जाओस कुकर्म गरेर धन आर्जन गर्नु छैन ।

कर्मचारी अभावका बावजुत पनि निकै सक्रिय छ उनको कार्यालय । चुस्तदुरुस्त अनि निकै आकर्षक पनि देखिन्छ कार्यालय । सरकारी कार्यालय भन्ने बित्तिकै लथालिङ्ग दुर्गन्धित हुन्छन जस्तो लाग्छ । तर लमजुङका प्राय सरकारी कार्यालय निकै चिटिक्क देखिन्छन् त्यसमा पर्यटन तथा उद्योग कार्यालय झन आकर्षकको केन्द्र बनेको छ । मिता भन्छिन बाहिरी आकर्षकले पनि सेवाग्राहीलाई प्रसन्न बनाओस न !

Advertisement 3

मिता अहिले अव्यवस्थित र काला बजारीको विरुद्धको अभियानमा छन । दैनिक अनुगमनले उनलाई फुर्सद छैन । कति काला बजारिया रुष्ट बनेका छन । बजारमा म्याद गुज्रिएका सामान बेचिएका छन । मूल्य सुचि टाँस गरिएको छैन । अझ पसल पिच्छेको भाउ छ । ठग ब्यापारीलाई तह लगाउन मात्र हैन उनले समालेको कार्यालय कार्यसम्पादनमा समेत अब्बल देखिएको छ ।

सोही कार्यालयले पर्यटन तथा उद्योग कार्यालय लमजुङले गत आर्थिक वर्षमा शत प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आव २०७९/ ०८० मा सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरी शतप्रतिशत भौतिक प्रगति हासिल गरेको पाइएको छ ।

बजेटका हिसाबले खासै आकर्षक अड्डा नभएपनी कामको चाप र झन्झटले दिग्दारिलो यो कार्यालयमा जति तातिएर आएका सेवाग्राहीपनि मिताको भद्रता र नम्र व्याबहारले सेलाइहाल्छन । सानासाना कुरामा पनि दुखदिने कामगर्न नहुने मिताको ठम्याई छ । कतिका काम त उनी आफै अगि सरेर गरिदिने पनि गर्छिन । मितालाई आफू हाकिम भएको कुनै घमण्ड छैन । निकै सरल स्वभावकि मिता जिल्ला स्थित सबै कार्यालयका कार्यालय सहयोगीदेखि प्रमुखसम्मलाई समभावले सम्मान गर्छिन र त जिल्लामै नमुना कार्यालय प्रमुख भनेर परिचित छिन ।

गत आवको चालु र पुँजीगत गरी २ करोड २१ लाख ६८ हजार मध्ये एक करोड ९४ लाख ४१ हजार ३ सय २२ रुपैया ७० पैसा खर्च भई ८८ प्रतिशत वित्तिय प्रगति देखिएको छ । भने भौतिक प्रगति शतप्रतिशत भएको कार्यालयका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन् । उनका अनुस चालु तर्फ ९२ लाख १८ हजार रुपैया रहेकोमा ६७ लाख ९९ हजार ६ सय ९५ रुपैया अर्थात ७४ प्रतिशत खर्च भएको छ । यसैगरी पुँजीगत तर्फ १ करोड २९ लाख ५० हजार बजेट रहेकोमा १ करोड २६ लाख ४१ हजार ७ सय २७ रुपैया अर्थात् ९८ प्रतिशत खर्च भएको छ । पुँजीगत भन्दा चालु खर्च कम देखिएपनि गतवर्षमा कार्यालयमा आएका योजना तथा तोकिएका सम्पूर्ण कार्यक्रम सम्पन्न गरी चालु र पूँजीगत दुवैतर्फ शतप्रतिशत नै भौतिक प्रगति भएको देखिन्छ ।

पर्यटन बिकाशका लागि समुदाय स्तरमा होम स्ट्रे निर्माणमा सहयोग , बाटोघाटो मात्रै नभएर जिल्लामा बेरोजगार युवालाई सीपमूलक तालिमको ब्यवस्था स्वरुप आठवटै पालिकाका युवाहरुलाई समेटिएको उहाँको भनाई छ। तालिममा सहभागिहरुलाई ध्यान दिएर तालिम लिने र लिएको तालिमलाई व्यवहारमा उतार्न समेत उहाँले आग्रह गर्नुभयो । जिल्लामा रहेका बेरोजगार, आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको छ । पछिल्लो समय मिता आफैंले युवाहरुलाई सीप सिक्न उत्प्रेरित गर्दै जिल्लाका बिपन्न युवाहरुलाई निशुल्क ड्राइभिङ क्लास चलाइएको छ ।

राष्ट्र सेवक कर्मचारी मन्च लमजुङको सदस्य समेत रहेकी थापा साच्चै नै अनुशासित कर्तव्यनिष्ठ कर्मचारी भएकोमा कुनै शका नभएको सो मन्चका अध्यक्ष तथा कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख बताउँछन् ।

प्रकाशित :२०८० आश्विन २४, बुधबार ०६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry