१० लाख बराबरको पटका बरामद

सशस्त्र प्रहरीले आज (मंगलबार) दिउँसो ठूलो परिणामको पटका बरामद भएको छ। सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वार्टर नवलपरासीको गस्ती टोलीले नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट ९ लाख ५० हजार बढीको पटका बरामद गरेको हो ।
Advertisement 1
बरामद भएको पटका एक पिसलाई ३० देखि ५/६ सय मूल्य पर्नेसमेत रहेको गणका सूचना अधिकारी डीएसपी यज्ञमान साउदले जानकारी दिए। तीव्र गतिमा गाडी कुदेको देखेपछि शंका लागेर चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०३-००१ च ११३८ नम्बर को पिकअपबाट पटका बरामद भएको डीएसपी साउदले बताए। भारतको ठूठीबारीबाट महेशपुर नाका हुँदै उक्त पटका ल्याइएको हो।
बरामद भएको पटकलाई खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पटकासँगै पक्राउ परेको सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ। चाडपर्व नजिकिएसँगै सीमावर्ती नाकाबाट विष्फोटक जन्य पटकाहरू नवलपरासीतर्फ भित्रिने गरेका छन्।
Advertisement 2