रसुवाको नेसिङ खोलामा दुर्घटना, ३ जनाको मृत्यु ५ घाइते

रसुवाको आमाछोरिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आज गाडी दुर्घटना भएको छ । बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छ्न ।
Advertisement 1
मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको रसुवा जिल्लाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याइँदै गरेको उनले जानकारी दिए ।गाडी सडकबाट करिब २ सय मिटर तल खसेको बुढाथोकीले बताए ।
प्रकाशित :२०८० आश्विन २२, सोमबार २०:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%