सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन हिंसामा दोषी ठहर भएसँगै राजीनामा दिएका छन् । गत जेठ १९ गते महिला प्रहरी सहायक हवल्दारलाई यौनहिंसा गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानविन गर्न बनाएको समितिले यौन हिंसा गरेको ठहर गरेको हो ।

Advertisement 1

समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो । बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन ।

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत जेठमा उनले महिला कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । बिदामा घर जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेको छानबिनमा खुलेको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० आश्विन १५, सोमबार १०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry