राजस्व अनुसन्धानले समात्यो भन्सार छलेर ल्याइएको एक ट्रक सामान

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार छलेर ल्याएको एक ट्रक सामान नियन्त्रणमा लिएको छ। राजस्व अनुसन्धानको टोलीले सिराहाको माडर भन्सार छलेर ल्याएको लत्ताकपडा ट्रकमा राखेर लैजाँदै गर्दा ट्रकसहित नियन्त्रणमा लिएको हो।

Advertisement 1

दसैंमा बिक्री गर्ने उद्धेश्यले स्थानीय चन्द्रनारायण माविको प्रांगणस्थित आँपको बगैंचामा थुपारिएको कपडा सुराकीका आधारमा इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले नियन्त्रणमा लिएको हो । सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद गरिएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार सीमामा ठूलो परिमाणमा कपडा संकलन गररे काठमाडौं ल्याउने तयारी भएको सूचनाका आधारमा कपडा बरामद गरिएको हो । महानिर्देशक ढुंगानाले चाडबाडमा खुला सीमाबाट चोरी पैठारी बढ्ने भएको सतर्कता अपनाइएको बताए ।

Advertisement 2

 

प्रकाशित :२०८० आश्विन १४, आईतवार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry