त्रिविले थोसिसमा हुने चोरी डिटेक्ट गर्ने सफ्टवेयर राख्दै
थेसिसमा हुने बौद्धिक चोरीका घटनाहरुलाई नियन्त्रण गर्न अब त्रिभुवन विश्वविद्यालयले प्लेजरिजम डिटेक्टर सफ्टवेयर दुई महिनाभित्र ल्याउने भएको छ ।
Advertisement 1
‘यसका लागि कम्पनीहरुसँग मिटिङ पनि गरिसकेका छौं,’ त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले बताए । उनले भने, ‘अनलाइन बिडिङको प्रक्रियामा छौं । कुन सफ्टवेयर ल्याउने भन्ने निर्णय गर्न भने बाँकी छ ।’
सफ्टवेयरले पीएचडी, एमफिल तथा मास्टर्सका थेसिसमा हुने प्लेजरिजम (बौद्धिक चोरी)लाई डिटेक्ट गर्नेछ । त्रिविले केन्द्रीय रुपमा यस किसिमको सफ्टवेयर पहिलोपटक ल्याउन लागेको हो । सफ्टवेयर ल्याएपछि कति प्रशतिशत प्लेजरिजम मान्य हुने भन्ने विषयमा नीति नै बनाइने श्रेष्ठले बताए । हाल विभिन्न मुलुक अनुसार १० प्रतिशतदेखि १५ प्रतिशतलाई मान्यता दिइन्छ ।
प्रकाशित :२०७७ फाल्गुन २६, बुधबार ११:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%