असोज दोस्रो साता फर्निचर एक्स्पो,अर्थतन्त्र चलायमान हुने अपेक्षा
आगामी असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घ ले आगामी असोज १० देखि १४ गतेसम्म एक्पो आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
Advertisement 1
एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री,उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले जनाएका छन् ।
पाँच दिनसम्म चल्ने प्रर्दशनी नवौँ संस्करण भएको आयोजकले जनाएको छ । नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए ।
Advertisement 2
उनले भने अहिले आर्थिक गतिविधिहरु सुस्त भइरहेका अबस्था छ । यसैलाई चलायमान बनाउनका लागि एक्स्पो सहयोगी हुने विश्वास हामीले लिएका छौं । मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए ।
आयोजकले एक्स्पोको अवलोकन ५० हजार भन्दा बढीले गर्ने अपेक्षा लिएको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि सन् २०१२ देखि एक्स्पोको आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।