शक्तिकेन्द्र रिझाउन सिपालु पुष्कर :- १४ महिना पछि फर्किए अर्थमै

सरकारले पुन अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्र संघको महासभामा भाग लिन जानुअघि अस्ति शुक्रबार बसेको क्याविनेट बैठकले अर्थ सचिवको जिम्मेवारी पुष्करलाई दिने निर्णय गरेको भए पनि निर्णय गोप्य राखिएको छ ।

Advertisement 1

यस अघि सचिव बढूवा हुँदा प्रदेशमा नगई सिधै राजश्व सचिव हुँदै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पुष्कर १४ महिना पछाडि पूरानै मन्त्रालयमा फर्किएका हुन ।
राजश्वको दर हेरफेर भएपछि विवादमा परेर मधुकुमार मरासिनी सरुवा भएपछि राजश्वबाट अर्थमा प्रवेश पाएका पुष्कर १४ महिना पछि फेरि अर्थमै फर्कन सफल भएका हुन ।
५ महिना सामान्य प्रशासन सचिव हुँदा कर्मचारी परिचालनमा गरेको बदमासीका कारण तत्कालीन मन्त्री अमनलाल मोदीसँग पानी बाराबारको स्थिती थियो । उनै पुष्कर सामान्यबाट फर्किएर प्रधानमन्त्री कार्यालयमा गरी चाँजोपाँचो मिलाइसकेको इकर्मचारी डटकमले साता दिन अगाडि प्रकाशन गरिसकेको थियो ।हालका अर्थ सचिव अर्जुन प्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर उनी अर्थमा पुन दोहोरिन सफल भएका हुन ।

पुष्कर एक साता देखि बेलायत भ्रमणमा छन् ।बेलायत भ्रमणमै रहेका बेला उनले अर्थ सचिवको बाजी मारेका हुन् ।३ असोजमा स्वदेश फर्किएपछि सरुवाको पत्र दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।पुष्कर लोकमानकै कृपाले अख्तियार हुँदै कलकत्ताको महाबाणिज्यदूत नियुक्ति हुने अवसर समेत पाएका थिए ।२०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,केही जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका अनुभव छ ।

Advertisement 2

पुष्करको अर्थमा इन्ट्रीसँगै अर्थ मन्त्रालयले अर्थका केही सहसचिवहरुका जिम्मेवारी हेरफेरको तयारी गरिरहेको छ ।

पुन: अर्थमन्त्रालय ‘जम्प हान्दै’ कृष्णहरि पुस्कर

प्रकाशित :२०८० आश्विन १, सोमबार ०५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम