११ लाख घुससहित प्रहरी हबल्दार पक्राउ, रकम राखिदिने पनि समातिए


महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी छन् ।

Advertisement 1

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो ।

सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित :२०७७ फाल्गुन २४, सोमबार १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry