सशस्त्र प्रहरीद्वारा ४३ हजारको अवैध सामान बरामद

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएको छ । सो क्रममा सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटरले आज पनि ४३ हजार भन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।

Advertisement 1

आज साढे ६ बजे बिओपी डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक राजु भण्डारीको कमाण्डमा खटिएको सात जना पैदल सिमा गस्ती टोलीले पुनर्वास नगरपालिका ११ बाट लेडिज कपडा बरामद गरेको ३५ नम्बर गणका गणपति प्रेमबहादुर रावलले जानकारी दिएका छन् । उनका अनुसार उक्त सामान गडडाचौकी भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित :२०८० भदौ २४ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]