यी हुन् सरकारी लेटरप्याड र हस्ताक्षर किर्ते गरी २१ जना ठगी गर्ने

भूमि आयोगको लेटरप्याड दुरुपयोग गरी किर्ते गरी ठगी गरि फरार रहेका एक जना प्रहरीको फन्दामा परेका छन् । लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत दुरुपयोग व्यक्ती हुन् स्याङ्जा भिरकोट नगरपालिका वडा नम्वर ८ घर भई कास्की पोखरा महानगरपालिका ९ बस्ने ३३ वर्षीय खेम बहादुर बस्याल ।
Advertisement 1
कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार विक सहितको समुहले नक्कली कागज पत्रको आधारमा पोखरा १४ भोटेचौतारामा रहेको सरकारी जग्गामा घर बनाएर उपलब्ध गराउँछौ भनी स्थानीय मानिसहरुबाट नौ लाख ४६ हजार रकम उठाएका थिए ।
उनी विरुद्ध २१ जना पीडित व्यक्तिहरूले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिहरुलाई गत २५ असोजमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएकोमा सोही मुद्दाका मुख्य योजनाकार बस्याल भने फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बस्याललाई अदालतमा पेश गर्दा अदालतले ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी माग गरिएकोमा माग अनुसारको धरौटी जम्मा गर्न नसकेपछि उनलाई बुधवार कारागार कार्यालय कास्कीको थुनामा पठाईएको तिवारीले जानकारी दिए ।
Advertisement 2