१२ लाख ९४ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरुले भाद्र १८ गते बाँके जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ ।
Advertisement 1
नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट गणले करीव ३ लाख ३७ हजार ९ सय २० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, १ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ ।
यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट १ लाख ६२ हजार ९ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
Advertisement 2
नेपालगंज उपमहानगरपालिका १५ पिप्रहवाबाट बिओपी जयसपुर बाँकेले १७ हजार ९ सय रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक्स र लत्ताकपडा, बिओपी बढैयाँ बाँकेले जानकी गाउँपालिका १ शिवपुरीबाट ५ लाख ५० हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा र ५० हजार रुपैयाँ बराबरको ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।
यसैगरी बिओपी खडैचा बाँकेले डुडुवा गाउँपालिका १ नयाँ बस्तीबाट ३५ हजार ३ सय ४५ रुपैयाँ बराबको सुर्तीजन्य तथा पेय पदार्थ, किराना सामान र बिओपी कट्कुईया बाँकेले नरैनापुर गाउँपालिका १ सुईयाबाट ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा बिओपी गंगापुर बाँकेले नरैनापुर गाउँपालिका १ मटैयाबाट १३ हजार २ सय रुपैयाँ बराबरको बोइलर कुखुराको मासु बरामद गरेको छ ।