नाकामा चामल, चिनी तस्कर:- सशस्त्रद्वारा नियन्त्रण सधैंभर

भारतले चामल निर्यातमा कडाई गर्ने हल्ला चलेसंगै सीमा क्षेत्रमा तस्करी बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुले ४ लाख बराबरको विभिन्न सामान बरामद गरेको छ ।

Advertisement 1

आज कपिलवस्तु महाराजगंज नगरपालिका ७ कोटिहवा स्थित अबैध सामान बरामद गरेको हो । सीमा ईलाकामा गस्ती डिउटी परिचालन गरि बिशेष सूचनाको आधारमा ४ लाख बराबरको अवैध रुपमा लुकाई छिपाई राखेको खाद्यन्न सामान, चामल १०० बोरा, चिनी १५ बोरा, मैदा ९ बोरा, मलखाद १५ बोरा र उक्त सामान ओसार पसार गर्न प्रयोग भएको भारतिय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।

Advertisement 2

बरामद गरेको सामान आवश्यक कारवाहीको लागी कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाएको सशस्त्र प्रहरी बल २८ नम्बर गणले जानकारी दिएको छ ।

प्रकाशित :२०८० श्रावण २८, आईतवार १९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry