एसपी ढकालको १३ महिनाः- लागूऔषध, चोरी, निकासी तथा भन्सार छली निर्मूलीकरण

सुनसरी जिल्ला नेपाल प्रहरीका कमाण्डर प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालको १३ महिना पछि सरुवा भएको छ । उनको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंगमा सरुवा भएको छ । उनीले जिल्लामा बस्दा देखिएका विद्यमान समस्या निर्मूलीकरण पार्नमा आफ्नो महत्वपूर्ण भूमिका निवाह गरेका छन्।

Advertisement 1

सुनसरी जिल्ला विभिन्न समस्याले झेलिएको थियो । उनको १३ महिने कार्यकालमा देखिएका विद्यमान समस्याहरु समाधान गरेका छन् । सुनसरी जिल्ला सीमावर्ती जिल्ला भएका कारण पनि यहाँबाट हुने चोरी, निकासी तथा भन्सार छली, लागूऔषध कारोबार, झैझगडा, गुण्डागर्दी, जुवातास नियन्त्रण, ग्याङ फाइट जस्ता समस्या निर्मूलीकरण पार्नमा उनको महत्वपूर्ण भूमिका रह्यो । सुनसरी जिल्ला सीमावर्ती जिल्ला भएका कारण पनि यहाँबाट हुने चोरी, निकासी तथा भन्सार छली जस्ता समस्यामा आफू गम्भीर भएर लागेको  उनले सुनाए ।

कार्यालय तथा मातहत समेतबाट लागू औषध बिरुद्धको अभियान संचालन गरि ४८४ जनालाई निग्रानीमा राखिएको छ भने जाडो मौसमको समयमा थुनुवाहरुको जिवनशैलीलाई ध्यानमा दिई ५० वटा ब्लाङ्केट बितरण गर्नुका साथै जघन्य अपराधको पिडितलाई पिडित मैत्री कार्यक्रम अन्तर्गत ५ वटा ब्लाङ्केट बितरण, जिल्ला र मातहतका मुद्दा चल्ने इकाईहरुमा रहेका थुनुवाहरुलाई जाडोको समयमा १०/१० थान कम्बल (ब्लाङ्केट) वितरण गरेको एसपी ढकालले जानकारी दिए ।

Advertisement 2

त्यस्तै उनले कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालय परिसर भित्र २४० जना राख्न मिल्ने क्षमता भएको १ ब्याडमिन्टन कोर्ड सहितको सभाहल निर्माण, जिल्ला प्रहरी कार्यालय अन्तर्गतका २४ जना प्रहरी कर्मचारीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको साथै ३ वटा प्राथमिक उपचार किटबक्सको व्यवस्था, जिल्ला प्रहरी परिसर भित्र प्रहरी कर्मचारीहरुको लागि शुद्ध खाने पानीको लागि वाटर प्लानको ब्यवस्था, कार्यालय परिसरमा फोहोर पानी व्यवस्थापनको लागि ड्रेन निर्माण, गाडी सर सफाई गर्ने स्थान निर्माण साथै पार्किङ गर्न ढलान एवं स्तरोन्नती, प्रहरी कर्मचारीहरुको लागि मोटर साइकल र गाडी पार्किङ स्थल ढलान गरि प्रयोगमा ल्याईएको छ ।

जिल्ला प्रहरी परिसर भित्र बालमैत्री कक्षको निर्माण तथा व्यवस्थापन, अपराध अनुसन्धानलाई बैज्ञानिक तवरबाट अनुसन्धान गरि थप प्रभावकारी बनाउन अन्तरवार्ता कक्षको निर्माण, इनरुवा नगरपालिकासँग समन्वय गरी लैगिक हिंसा बिरुद्वको सबै वडाहरुमा कार्यक्रम, जिल्ला प्रहरी परिसरमा ३ वटा (१५ केजी, १२ केजी र ९ केजी) को लुगा धुने मेसिन सहितको प्रहरी कर्मचारीहरुको लागि लन्ड्री हाउसको निर्माण, आगलागी नियन्त्रण गर्न फायर फाइटिंग बैंक प्याक थान १ व्यवस्था, प्रहरी कर्माचरीहरुको लागि मेषमा ७० जनालाई खाना पाक्ने चामल स्टीमर १ थान र सोही संख्यालाई पुग्ने खाना तातो राख्ने (बेन मारिक) मेसिन १ थान को व्यवस्था, अपराध अनुसन्धान, हिरासत र कार्यालय समेतमा ३ वटा पुस्तकालयको व्यवस्थापन गरिएको छ ।

प्रकाशित :२०८० भाद्र १८, सोमबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry