दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु

पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement 1

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत जवान २५ वर्षीया उषा थापा र सर्लाहीका २१ वर्षी राज भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमण्डुका एसपी कुमोध ढुंगेलले जानकारी दिए । बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार बस तीव्र गतिमा थियो । अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । प्रहरीकाअनुसार उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक सशस्त्र प्रहरी जवान स्वास्थानी खड्कको सिभिल अस्पतालमा उपचार भइरहेको छ । थापा र खड्का दुबै सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत रहेका थिए ।

प्रकाशित :२०८० भाद्र १८, सोमबार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry