एउटा दुःखीको अकल्पनीय अन्त्य

भनिन्छ, दुःखीलाई दुःखले नै खान्छ सशस्त्र एसपी सुमन थपलियाले दुःखै दुःखमा जिन्दगी बिसाए । पत्नीलाई फोनमा ‘गाह्रो भयो !’ भन्दाभन्दै ढलेका सुमन फेरि उठेनन्, सधैंका लागि ढलिरहे ।
Advertisement 1
भदौ २ गते, शनिवार पर्सास्थित १३ नं. गणमा कार्यरत उनले अरुभन्दा फुर्सदिलो दिनको सदुपयोग गरे, साइक्लिङबाट । बिहानैदेखि गणबाट निस्किएका उनी बाराका विभिन्न जंगली बाटोहरू पार गर्दै केही घण्टामा फर्किए, थकानसहित । कसैसँग केही भन्न भ्याएनन्। अप्ठेरो हाउभाउमा पसिना पुछ्दै कोठाभित्र छिरेका उनको अर्को हातमा मोबाइल थियो। पोखरामा रहेकी पत्नीसँग आफूलाई परेको अप्ठेरो सुनाइरहेका थिए । तर, न सुमनले पत्नीलाई सुनाउनुपर्ने जति कुरा सुनाउन पाए, न त पत्नीले नै भन्नुपर्ने कुरा भन्न पाइन् किनभने, बोल्दाबोल्दै एक्कासी बोलि रोकियो । धेरै बेर नबोलेर फोन खसेको आवाज सुनेपछि पत्नीले अफिसको सञ्चारलाई भनिन्, ‘उहाँ बोल्दाबोल्दै बोल्नै छोड्नुभयो। के भएको होला ?’ त्यसपछि अफिसका स्टाफहरू हेर्न गए। सुमन ढलिसकेका थिए। त्यहाँबाट सीधै अस्पताल पुऱ्याइयो। पुग्नासाथ चिकित्सकले भने, ‘हि इज नो मोर !’ (उहाँ जीवित हुनुहुन्न !) आफूले कमाण्डो तालिम गरेकोमात्र नभई अरुलाई उक्त तालिम गराउनमा पनि सिपालु मानिने सुमनको आदत थियो, व्यायामको । फुर्सद हुनासाथ शारीरिक सुगठनमा ध्यान दिने उनी प्रायः लामो साइकल यात्राबाट आनन्द लिने गर्थे । साइक्लिङलाई व्यायामक्रियामा पूरै शरीर प्रभावित हुने अभ्यास मानिन्छ । तर, मौसम, रक्तचाप र शरीरमा पानीको सन्तुलन बिग्रियो भने यस्तो व्यायाम जोखिमपूर्ण हुने गरेको छ । यस्तै हुँदा नेपालगञ्ज निवासी प्रहरीका तत्कालिन एसएसपी राजेन्द्रमान श्रेष्ठ धरानमा व्याडमिन्टन खेल्दाखेल्दै ढले । आठ वर्ष भयो, होस खुलेको छैन । बेलाबेला शारीरिक सन्तुलनमा गडबडी हुँदा सुमन त्यसअघि पनि ढल्ने गरेका थिए । त्यसैले उनलाई शुभचिन्तकहरूले बढी व्यायाम नगर्न सुझाव दिन्थे। उनले भने व्यायामलाई नशाकै रुपमा लिए । नुवाकोट पुख्यौली थलो र काठमाडौंको नेपालटार बस्ने उनी काठमाडौंमा हुँदा नागार्जुन जंगल, ओशोतिर साइक्लिङमा रमाउँथे । सशस्त्र मुख्यालयभित्रैको फिटनेश सेन्टरमा बाँकी व्यायाम गर्ने उनले सरुवा भएर वीरगञ्ज गएपछि पनि यस्तो क्रम जारी राखे । गणको कमाण्ड गर्नुपर्ने कारण सधैं समय कम हुँदै थियो । शनिवारको छुट्टीमा भने लामो दूरीको साइकल यात्रा रोज्ये । भनिन्छ, उनलाई मौसम र स्वास्थ्य सन्तुलनले साथ दिएको थिएन। बारा पर्सा भनेको सामान्यतया काठमाडौंको तुलनामा ८ देखि १० डिग्री तापक्रम बढी हुने ठाउँ हो। पसिनाको अत्यधिक बहावले शरीरमा शिथिलता आउनुका साथै मुटु र फोक्सोको बीचको सम्पर्कलाई अवरुद्ध पार्ने खतरा बढी हुन्छ । किनभने, पसिना बगेसंगै शरीरमा पानीको कमी भइरहेको हुन्छ। चिकित्सकहरूले अत्यधिक थकानकै स्थितिमा पानी पिउने कार्यलाई खतरापूर्ण मान्ने गरेका छन्। अनुमान छ या त प्यास खप्न नसकेर कतै सुमनले यक्ति स्थितिमै पानीको अत्यधिक सेवन गरे, जसले गर्दा मुटु र फोक्सोको नियमित क्रियालाई अवरोध पुन्याउने सम्भावना रहन्छ । या, शरीरमा पानीको चरम अभाव हुँदा फोक्सोले मुटुलाई दिनुपर्ने जति अक्सिजन पुयाउन सकेन। त्यसैले उनी इले उठ्न सकेनन्। त्यहीबीचमा मुटु अवरुद्ध भयो दल्ने क्रम सुमनको हकमा पहिलो थिएन । त्यसअघि पनि समय समयमा ढल्ने र उठ्ने गरेका थिए । दक्षिण सुडानको मिशनमा हुँदा त्यसरी नै ढले। तत्कालै उपचार पाएका कारण ज्यान जोगियो। शनिवार भने उठेनन् सारा हितैषीलाई रुवाएर बिदा भए।
लाइबेरिया मिशनमा हुँदा सशस्त्रकै एकजना हाकिम फुटबल खेल्दाखेल्दै ढलेका थिए । बेलैमा अस्पताल लगेपछि सुरक्षित भए । खनाल थरका इस्पेक्टर दुवाकोटमा व्याडमिन्टन खेल्दाखेल्दै त्यसरी नै ढले । उनको पनि समयमै उपचार भयो, बांचे सुमनले भने समयमा उपचार पाएनन् किनभने, उनी ढलेको अनुमान कसैले गर्ने सकेन। जतिवेला देखिए ढिला भइसकेको थियो । अनुमानहरू जे-जस्ता भए पनि सुमनका जीवनमा दुःख नै दुःख थिए। दाइले नेपालटारस्थित तीन तले घर धितोमा राखे । बैंकको ऋण खाएर बेपत्ता भए। सुमनको जागिर थियो, जीवन जसै चलेकै थियो । पत्नी पोखरा बसिन, सन्तान छैनन्। भाइ थिए, गत वर्ष हृदयघातका कारण निधन भयो । जागिरको दुखबाट आर्जित रकमले नेपालटारमा आफनै स्वामीत्वको घर निर्माण गरिरहेका थिए। घर त जसोतसो बन्ला, तर त्यहाँ सुमनको वास नहुने नै भयो । उनले पोखराको लाम्पाटनमा कमाण्डो तालिम गरेका हुन् । सेनाको माउण्टेन वारफेयर को मुस्ताङको कैसाङ्गमा गरे। रक क्लाइम्बिङको तालिम लाम्पाटनपछाडिको भीरमा गराए । पछि त्यो टोली झापा, इलाम गयो, जनकपुर, वीरगञ्ज हुँदै फर्कियो ।
Advertisement 2
वीरगञ्ज जानुअघि हल्चोकस्थित महानिरीक्षकको सचिवालयमा थिए। वीरगन्ज समस्याग्रस्त भएपछि उनलाई पठाइएको हो उनी आफ्नो व्याचबाट पहिलो लटमा एसपी हुनेभित्र पर्छन् । शुरुमा १७-१८ जनाको बढुवा हुँदैमा उनी पर्दै आएका थिए । हल्चोकमा उनका सहकर्मीहरू भन्छन्, ‘वीरगञ्ज नाका टाइट गरेपछि केही पत्रकार उनीदेखि असाध्यै आगो भएका थिए । त्यसको प्रकटरूप तिनका समाचार नै हुन् । सुमनको असामयिक निधनमा तनावको भारी बोकाइरहने चौथो अंगको पनि ठूलो योगदान छ ।’ जनआस्थाबाट