निजामती सेवा पुरस्कारको नाम सिफारिस गर्न समयसीमा थपियो,यस बर्ष भेटिएला त सर्वाेत्कृष्ट कर्मचारी ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारको नाम सिफारिस गर्न समयसीमा थप गरेको छ । पहिलो पटक सूचना प्रकाशन गरी साउन १५ भित्र नाम पठाउन माग गरिएकोमा निर्धारित समयसीमाभित्रै सबै मन्त्रालय र प्रदेशबाट नामवाली नआएको कारण समयसीमा थप गर्नुपरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र १४ गतेको बैठकले निजामती पुरस्कारका लागि सिफारिस माग गरिएकोमा चैत्र महिनामा जम्मा २ वटा मन्त्रालयबाट मात्र पुरस्कारका लागि कर्मचारीहरूको विवरण प्राप्त भएको साान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

साउन मसान्तसम्ममा पनि गृहसहितका केही मन्त्रालयहरु र तीन वटा प्रदेशले विवरण नपठाएको र पठाएका निकायहरुले समेत निर्धारित ढाँचामा सिफारिस नगरेको भेटिए पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुन विवरण समेटेर पठाउन परिपत्र गरेको हो ।

Advertisement 2

मन्त्रालयले आगामी भदौं ५ गतेभित्र सन्तुलित रुपमा छनौट गरी संघीय मामिला तथा सामान्य प्रशासनको सचिवालयमा विवरण पठाउन परिपत्र गरेको छ ।
सामान्य प्रशासन कर्मचारी कल्याण शाखाका अनुसार गत चैत्रदेखि साउन मसान्तसम्ममा १ सय हाराहारी सिफारिस भएको जनाइएको छ ।
सरकारले हरेक बर्ष भदौं २२ मा निजामती सेवा दिवस मनाउँदै आएको छ ।

झण्डै एक लाख हाराहारी कर्मचारीको बीचबाट एक जनालाई २ लाख राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’, १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ३० जनालाई ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइन्छ ।

Advertisement 3

सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्छ। विगत चार वर्षदेखि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैले पाउन सकेका छैनन् । यस बर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भेटिन्छन वा भेटिदैंन त्यो भने भदौं तेश्रो साता सम्म कुर्न पर्नेछ ।

प्रकाशित :२०८० भाद्र ३, आईतवार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry