रात्रीबसबाट २ लाख भन्दा बढीक अवैध सामग्री बरामद

सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी साढे २ लाख भन्दा बढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल २६ नम्बर गणले पुर्वपश्चिम राजमार्गको बर्दघाट नगरपालिका ४ चिसापानी चोकमा रात्रीबस चेकजाँच गर्दा कर छलेर ओसारपसार गर्न लागेको गाडीको पार्टपुर्जासहित कस्मेटिक्स सामाग्रीहरु बरामद गरेको हो।

Advertisement 1

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको पश्चिम नेपाल यातायातको लु१ख८५५७ नम्बरको रात्रीबसमा बिलबिजक नभएको गमला,काचको गिलास, फेस क्रीम, गाडीको ग्यारबक्स,केही लिक्विट र काजु लगायत अवैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

नियमित चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल नेपाल सेमरी सुरक्षा बेसका सशस्त्र प्रहरीनिरीक्षक श्यामकुमार थापाको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले अवैध सामाग्री बरामद गरेको हो। अवैध सामाग्री बोकी ल्याउने रात्री बस र बरामद भएको अवैध सामाग्रीलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालय पठाइएको र बरामद गरिएको अवैध सामग्रीको मूल्य २ लाख ५२ हजार रहेको बताइएको छ।

Advertisement 2

रातिको समयमा रात्री बसको प्रयोग गर्न थालेको गोप्य सुचनाको आधारमा चिसापानी चोकमा लाखौं मूल्य बराबरको अवैध सामाग्री बरामद गर्न सफल भएको एपीएफ स्रोतले जानकारी दिएको छ। नवलपरासी पश्चिमबाट ३४ लाख रुपैयाँ बराबरको सुन, अवैध काठबाट १७ लाख ५५ हजार ५५ रुपैयाँ, नदिजन्य पदार्थबाट २५ लाख ७७ हजार ४१० रुपैयाँ र अवैध अन्य सामग्रीबाट ९ करोड २८ लाख ५१ हजार ९६६ रुपैयाँ गरी ९ करोड ७५ लाख २४ हजार ४३१ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको छ।

प्रकाशित :२०८० श्रावण ३१, बुधबार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry