मालपोत कार्यालय जुम्लाद्वारा रु एक करोड ८१ लाख राजस्व सङ्कलन

जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत रु पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

Advertisement 1

 

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ । आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि रु २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित :२०८० श्रावण २२, सोमबार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry