महिला कर्मचारी माथि बलत्कार प्रयास, प्रमुखविरुद्ध जबर्जस्ती करणीको मुद्दा

कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमाथि सोही नगरपालिकामा काम गर्ने महिला कर्मचारीले जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गराएकी छन् ।

Advertisement 1

राति मदिरा सेवन गरी सहकर्मी महिला कर्मचारीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सीअहेब लेखनाथ पौडेलसहित उनका साथी भुवन पाण्डेयविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ ।

शुक्रबार राती करिब १ बजे मदिरा सेवन गरी आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुत भन्दै जबरजस्ती गरेको पिडितले बताएका छन ।महिला कर्मचारीहरु रोइ कराई गरेको बताएका छन ।

Advertisement 2

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विवादित स्वास्थ्य कर्मी पौडेललाई साउन १ गतेबाट आधारभुत स्वास्थ्य केन्द्रको जिम्मेवारी दिएका थिए । मेयर थापाको ठाडो आदेशबाट स्वास्थ्यकर्मी पौडेललाई आधारभुत स्वास्थ्य केन्द्रको प्रमुख तोकिएको थियो ।

घटना शुक्रबार रातीको भएपनि मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले लुकाएको पिडित स्वास्थ्यकर्मीले जानकारी दिनुभयो ।

प्रकाशित :२०८० श्रावण १६, मंगलवार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry