रिट दर्ता गर्न सर्वोच्च पुगेका वकिलहरुलाई प्रहरीले लखेटे

रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका कानुन व्यवसायीलाई प्रहरीले लखेटेको छ।
Advertisement 1
प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्याएको छ।उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीले सर्वोच्च अदालतमै धर्ना सुरु गरेका छन् ।
Advertisement 2
आज (आइतबार) बाट उनीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । न्यायालयमा विकृति देखिएको भन्दै सुधारको मागसहित कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले रहरले नभएर न्यायालयको शाख जोगाउन बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । यस्तै, एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले न्यायालयको शुद्धीकरणका लागि धर्ना तथा प्रदर्शन सुरु गरिएको बताइन् ।