समायोजनमा नगएका २५७ टाइपिष्टलाई कार्यरत निकायबाटै तलब भत्ता उपलव्ध गराउन सामान्यको परिपत्र !
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका तर खटाइएको स्थानमा जान नसक्ने गुनासो राखी साबिककै कार्यलयमा कार्यरत टाईपिष्ट कर्मचारीहरूलाई कार्यरत रहेकै निकायबाट तलब भत्ता उपलब्ध गराउन परिपत्र गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो परिपत्र गरेको हो ।
मन्त्रालयका संगठन विकास महाशाखाका अधिकृत बाबुराम भट्टराईद्धारा जारी गरिएको परिपत्रमा भनिएको छ, कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तर उक्त निकायमा जान नसक्ने गुनासो राखी तथा त्यस्ता निकायहरूबाट फिर्ता भई साबिक बमोजिमका विभिन्न निकायमा कार्यरत रहँदै आएका टाईपिष्टहरुलाई कर्मचारीहरू कार्यरत रहेकै निकायहरूबाट तलब भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमति प्राप्त भएको भन्दै प्रचलित नियमानुसार तलब भत्ता उपलब्ध गराउन मन्त्रालय, ,आयोग, सचिवालय, कार्यालय, सातै प्रदेश र सबै स्थानीय तहलाई परिपत्र गरिएको हो ।
Advertisement 1
अधिकृत भट्टराईका अनुसार ०७५ सालमा कर्मचारी समायोजन हुँदा टाइपिष्टहरुको संख्या ५६८ जना रहेको थियो । यो बीचमा केही बढूवा तथा केही अवकाश पाइसकेका छन् । अहिले फाजिलमा रहेका टाइपिष्टहरुको संख्या घटेर २४९ जनामा झरेको छ । यीमध्ये अधिकांश अवको दुई तीन बर्षमै अवकाश पाउनेछन् ।यिनै कर्मचारीलाई कार्यरत रहेकै निकायबाट तलब भत्ता उपलब्ध गराउन सामान्यले संघीय मन्त्रालय,आयोग,सचिवालय,कार्यलय,सातै वटा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र ७५३ वटा स्थानीय तहलाई परिपत्र गरेको हो।