शेयर बजारबाट डुबेपछि सुनतिर सिफ्ट, शंकास्पद पात्रको यस्तो छ’यात्रा-तालिका’

एयरपोर्टबाट बरामद भएको झण्डै एक सय किलो सुनको असली मालिक राकेश अडुकियाको हुनसक्ने अनुसन्धानमा संग्लग्न अधिकारीहरुले बताएका छन् । नेपाली शेयर बजारमा चर्चित खेलाडी र शेयर बजारमा खेलोमेला गर्दै आएका शेयर बजारबाट डुबेपछि सुनतिर सिफ्ट भएको हुनसक्ने अनुसन्धानमा संग्लग्न अधिकारीहरुले आंशका गरेका छन् ।

Advertisement 1

उनको ट्राभल हिस्ट्री हेर्दा पनि उनीमाथि शंका गर्ने ठाउँ प्रशष्त भेटिएको छ । पछिल्लो एक महिनामा पटक–पटक भारत, दुबई र हङकङ ओहोरदोहोर गरिरहने व्यक्ति हुन् । हङकङबाट ल्याइएको उक्त सुन बरामद हुनुभन्दा ९ दिनअघि भारतको बाटो हुँदै हङकङ र त्यहाँबाट दुबईको बाटो भएर काठमाडौं उत्रिएका थिए । जुन महिनाको २६ तारिख, अर्थात् असार ११ गते भारत छिरे । त्यहाँबाट हङकङ पुगेका उनी जुलाईको ४ तारिख, अर्थात् असार १९ गते हङकङबाट दुबई पुगे । ५ तारिख बिहानको राति १२ः३९ मीनेटमा काठमाडौं ओर्लिए ।

अनुसन्धानकर्मीले उनको यात्रा विवरण अध्ययन गर्दा जुन र जुलाई महिनामा मात्रै २५ पटक भारत, हङकङ, दुबई, काठमाडौं ओहोर–दोहोर भएको पत्ता लगाए । उनी प्रत्येक पटक बाटो बदल्दै यात्रा गर्थे । तर, सुन बरामद भएयता यो चहलपहल बन्द छ । उनको ट्राभल हिस्टोरी हेर्दा अडुकिया राजस्व अनुसन्धानको निगरानीमा परेका हुन ।

Advertisement 2

६५ साल अगाडिसम्म शेयर बजारको खेलाडी मानिएका राजेश अडुकिया डुबेपछि सुनतिर सिफ्ट भएको हुनसक्ने कतिपय शेयर कारोवारीहरुको अनुमान छ ।  अडुकिया गोर्खा विकास बैंकमार्फत् सर्वसाधारणको करौडौं निक्षेप डुबाउने मुख्य पात्र हुन्। अहिले ग्लोबल आइएमइसँग गाभिएको  बैंक अफ काठमाडौंमा ठूलो शेयर रहेको अडुकियालाई चिन्नेहरु बताउँछन् । लक्ष्मी बैंकका मालिक राजेन्द्र खेतानका बहिनी ज्वाई समेत हुन उनी । पछि लक्ष्मी बैंकको शेयरमा लफडा भए पछि कुनै समय शेयर मार्केटका खेलाडी अडुकिया गुमनाम बन्न पुगेका थिए । शेयर बजारबाट डुबेपछि उनी सुनतिर सिफ्ट भएको शेयर बजारमा सक्रिय व्यवसायीहरु बताउँछन् ।

०६५ सालपछि अडुकियाले पछि वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोली अर्को ठगी धन्दा पनि गर्दैआएका छन् । साउन २ गते सुन बरामद भइसकेपछि भएको अनुसन्धानमा राजस्वले गहन छानबिन गरिरहेको छ । राजस्वले अडुकियाको ट्राभल हिष्ट्री हेर्दा पनि उनी पटक पटक हङकङ गएको पाएको छ । अडुकिया राजस्व अनुसन्धानको निगरानीमा परिसकेका छन् ।

Advertisement 3

व्रिटिस लाहुरेहरुको लगानी रहेको गोर्खा बैंक डुबाउने मुख्य पात्र रहेका  उनी आफू नदेखिएरै आर्थिक अपराधमा संलग्न हुने गर्छन् । गोर्खा बैंकमा उनी कुनै पदमा नभए पनि कसलाई सञ्चालक बनाउने भन्नेसम्मको हैसियत राख्थे ।

सेयर अन्य बैंकमा धितो राखेर ऋण लिएकोमा केही बैंकलाई ब्याजसमेत नतिरेपछि एनआईसी र प्राइमले उनको धितो लिलाम गरेको थियो । सो बैंकको समस्या लामो समयसम्म नसुल्झिनुमा उनकै मुख्य हात रहेको थियो

प्रकाशित :२०८० श्रावण १०, बुधबार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry