डेपुटी गभर्नरद्वय शिवाकोटी र श्रेष्ठको बिदाइ आज, को बन्लान् नयाँ डेपुटी गभर्नर ?

नेपाल राष्ट्र बैंकका २ जना डेपुटी गभर्नरहरूले आजबाट अवकाश पाएका छन् । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठले अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।
Advertisement 1
यसअघि यी दुबै गभर्नरको आकांक्षी थिए तर अन्तमा सरकारले लगानी बोर्डको सिइओलाई (महाप्रसाद अधिकारी) राष्ट्र बैंकको गभर्नर बनायो । श्रेष्ठ आफ्नो कार्यकालमा केही विवादित बनेका थिए । तर उनले आफुलाई गभर्नरमा प्रतिस्पर्धा गर्न नदिन विवादित बनाएको अभिव्यक्ति दिँदै आएका थिए । अन्तमा उनले सफाइ पनि पाए ।
अवकाससँगै नयाँ डेपुटी गभर्नरको लागि पनि दौडधुप तीव्र बनेको छ । नयाँ डेपुटी गभर्नरको लागि बहालवाला १७ जना नै कार्यकारी निर्देशक योग्य रहेका छन् । जसमध्ये पनि आगामी डेपुटी गभर्नरका लागि राष्ट्र बैंकबाट काजमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आर्थिक सल्लाहकार नियुक्त भएका डा. प्रकाश कुमार श्रेष्ठ, नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र, राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुङ्गाना(तिम्सिना) को सम्भावना बढी रहेको राष्ट्र बैंक स्रोत बताउँछ ।
Advertisement 2
त्यस्तै सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणकर भट्ट, बैंक सुपरिवेक्षण विभागका मुकुन्द क्षेत्री र भुक्तानी प्रणाली विभागका भुवन कँडेल डेपुटी गभर्नरको आकांक्षी हुन् । विभाजित नेकपामा केपी ओली नेतृत्वको सरकार रहेकोले आकांक्षी धेरै भए पनि उनै नजिक रहेकाहरुले नै नियुक्ति पाउन सक्ने सम्भावना बढी रहेको स्रोत बताउँछ ।


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                