प्रशासनका १८ र प्राविधिक ८ सहसचिवको सरुवा,गृहबाट २ ‘आउट’ हुँदा अर्थमा १ को ‘इन्ट्री’

 

Advertisement 1

सरकारले एकै पटक २६ जना सहसचिवहरुो सरुवा गरेको छ । सरुवा भएकामध्ये १८ जना प्रशासन सेवाका र ८ जना प्राविधिक सेवाका सहसचिवहरु रहेका छन् ।

सरुवा सूची अनुसार,राष्ट्रिय किताबखानाको महानिर्देशक टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा पठाइएको छ । पाण्डेलाई केही महिना अघिमात्र किताबखानामा पठाइएको थियो । छोटो समयमै उनलाई किताबखानाबाट अर्थ मन्त्रालयमा पठाइएको हो ।

Advertisement 2

यस्तै ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल गृहमा भित्रिएका छन् । यातायात व्यवस्था विभागको महानिर्देशक नारायण प्रसाद भट्टराईलाई पनि गृहमा तानिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरगमा कार्यरत सहसचिव तिर्थराज भट्टराई श्रम रोजगार मन्त्रालय बाग्मती प्रदेशमा पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा कार्यरत रामकुमार महत्तो संघीय मामिला तथा सामान्य प्रशासनमा तानिँदा श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेशमा कार्यरत आश्मान तमागलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ ।
यस्तै,संघीय मामिलामा कोशी प्रदेशका सचिव मोहनराज चापागाईलाई तानिँदा संघीयमा अतिरिक्तमा रहेका ध्रुवराज पण्डित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयतिर पुगेका छन् ।
राष्ट्रिय सर्तकता केन्द्रमा कार्यरत सहसचिव ज्ञानराज सुवेदीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय,सार्वजनिक खरिद कार्यालयमा कार्यरत चक्रवर्ती कण्ठ शहरी विकासमै फर्किएका छन् ।
महिला बालबालिकामा कार्यरुत यामलाल भु्साललाई राष्ट्रिय सर्तकता केन्द्रतिर पठाइएको छ भने सुनिल पौडेल उर्जा मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्तालय लुम्बिनी प्रदेशमा पुगेका छन् । यस्तै अमृत श्रेष्ठलाई लुम्बिनी प्रदेशबाट बाग्मती प्रदेशमा तानिएको छ ।

रामकृष्ण सु्वेदी सामाजिक विकास मन्त्रालय बाग्मतीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा पुगेका छन् । सो प्रदेशमा जिम्मेवारी नपाएर फर्किएका डा भीष्म भुसाललाई सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशमा खटाइएको छ ।

Advertisement 3

इन्दु घिमिरेलाई हुलाकको डिजीबाट महिला मन्त्रालयमा खटाइँदा रामकृष्ण लामिछानेलाई महिला मन्त्रालयकै जिम्मेवारी पाएका छन् । सिक्टा सिँचाइमा कार्यरत रमेश कुमार सिंह भौतिक पूर्वाधार मन्त्रालय बाग्मती प्रदेश,श्यामकृष्ण थापा कर्णाली प्रदेशबाट पोखरा महानगरपालिकाको जिम्मेवारी पाएका छन् । त्यहाँ कार्यरत वीरेन्द्रदेव भारती ललितपुर महानगरपालिकामा ल्याइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय बाग्मतीमा कार्यरत शंकर पण्डितलाई शहरी विकास मन्त्रालय,निराजन घिमिरेलाई भूमिबाट मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेशमा खटाइँदा नविनराज सिंहलाई कोशी प्रदेशबाट उर्जा मन्त्तालयमा ल्याइएको छ ।

यस्तै,अरुण कुमार झालाई उर्जा आयोगबाट कोशी प्रदेशमा पठाइएको छ ।

प्रकाशित :२०८० श्रावण ७, आईतवार १६:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry