४ लाख घुस लिने ४ जना अख्तियारको नियन्त्रणमा
अख्तियार अनुसन्धान आयोगले घुस लिएको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिएको छ ।
Advertisement 1
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर धर्मेन्द्र कुमार झा, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
Advertisement 2
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले निजहरु आयोजना व्यवस्थापक (सि.डि.ई) चौहान, इन्जिनियर झा , इन्जिनियर शर्मा र लेखापाल पौडेललाई सेवाग्राहीबाट रु चार लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुने अख्तियारले जनाएको छ ।
Advertisement 3