यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ३२ निर्णय :-नियुक्ति,सरुवादेखि बढूवासम्म
मन्त्रिपरिषद्को गत ११, १४ र १७ फागुनमा बसेको बैठकले विभिन्न ३२ वटा निर्णयहरू गरेको छ । गत ११ फागुनमा बसेको क्याविनेट बैठकले २० वटा,१४ गतेको क्याविनेटले ११ वटा र अस्ति बसेको क्याविनेटले गरेको १ वटा निर्णय गरी तीन वटा बैंठकले गरेका ३२ वटा निर्णय आज सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन् । कालिमाटी तरकारी बजारको अध्यक्षमा सह सचिव डा श्रीराम घिमिरेलाई तोकिएको छ भने जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अध्यक्षमा अनिल कुमार झालाई नियुक्त गरिएको छ । यस्तै खगेन्द्र रिजालसहितका सह सचिवहरुको पदस्थापन सरुवा गर्ने,नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । यस्तै इञ्जिनियरिङ सेवाका ध्रुव पौडेललाई सह सचिवमा बढूवा गर्ने निर्णय क्याविनेटले गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :-