ढुकुटीमा पैसा नहुँदा निर्माण व्यवसायीलाई दिन सकेनौंः भौतिक सचिव शर्मा

ढुकुटीमा पैसा नभएका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताएका छन् । उनले राजस्व वा वैदेशिक ऋण लक्ष्य अनुसार प्राप्त नहुनेजस्ता कारणले भुक्तानीमा समस्या भएको बताएका हुन् ।

Advertisement 1

मंगलबार काठमाडौंमा आयोजित विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती विषयक कार्यक्रममा राजस्वमा सानो समस्या भएर आइदिएन भने तिर्ने पैसा नहुने उनले बताए । उनले भने ‘वैदेशिक ऋण कुनै शर्तका कारणले रोकियो भने त्यो पैसा आउँदैन । अनि, पेमेन्ट गर्न पाइदैन’ उनले भने, ‘अंकमा पैसा देखिन्छ । साँच्चिकै पैसा चाँहि हुँदैन, त्यो पनि अनेक गरेर फुकाउँदा जेठ, असार नै हुन्छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण निर्माण व्यवसायीहरु चेक अनादरको मुद्दामा जेल जानुपर्ने अवस्था आएको गुनासो गरेका थिए । त्यसको जवाफ दिने क्रममा सचिव शर्माले राज्यको ढुकुटीमा पैसा नभएकाले समस्या भएको बताएका हुन् ।

Advertisement 2

 

प्रकाशित :२०८० श्रावण ३, बुधबार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry