विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन ।
Advertisement 1
राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्नुहुँदै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए । विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी गराएका थिए ।
प्रकाशित :२०८० असार २६, मंगलवार १२:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%