हराएका कर्मचारी खोज्दै सशस्त्र,साता दिनभित्रै स्पष्टीकरण पेश नगरे कारवाहीमा पर्ने

तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । प्रधान कार्यालयले ५ जना सशस्त्र प्रहरी जवान र २ जना सहायक हवल्दार आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन समेत निर्देशन दिएको छ ।

Advertisement 1

उनीहरु लामो समयदेखि आफ्नो कार्यक्षेत्रमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको भन्दै हेडक्वाटरले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ । सूचनामा स.प्र.बल, नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ्गका लक्ष्मण लिम्बु, २७ नम्बर गण हे.क्वा. रुपन्देहीका कपिल खत्री, २१ नम्बर गण हे.क्वा. दक्षिणकाली ललितपुरका पुर्ण बहादुर तामाङ्ग, १७ नम्बर गण हे.क्वा. चितवनका केशर बहादुर बिष्ट, ४९ गुल्म हे.क्वा. खप्तड, अछामका नर साउद, २९ गण हे.क्वा. ज्वालामाई दाङ्गका प्रतिक बि.क. र ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डौका विराज घिमिरे गैरहाजिर रहेको उल्लेख छ । उनीहरुलाई सूचना जारी भएको मितिले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने प्रधान कार्यालयलेको चेतावनी छ ।

Advertisement 2

‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधन सहित) बमोजिम कारबाही भई जाने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनार्थ यसै सूचनाद्वारा तपाईलाई जानकारी गराईएको छ।’

प्रकाशित :२०८० असार २५, सोमबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry