साढे ६ लाख बजेट कामै नगरी हिनामिना गर्दा ८ जना अख्तियारको फन्दामा

खानेपानी ट्यांकी निर्माणका लागि आएको साढे ६ लाख बजेट कामै नगरी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Advertisement 1

हुम्ला चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही सहित गाउँकार्यपालिकाको कार्यालय हुम्लाका इन्जिनियर मान बहादुर ऐडी, प्राविधिक सहायक (सवइन्जिनियर) गोभधन बोहोराइन्जिनियर, लेखापाल नविन रेग्मी, वडा नं.२ का तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल) अख्तियारको फन्दामा परेका हुन् ।

चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्याङ्की निर्माणका लागि आर्थिक वर्ष ०७७/७८ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित रकममा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । ट्याङ्की निर्माण आयोजनामा काम नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीका लागि स्वीकृत गरेर ६ लाख ४८ हजार सात सय ८६ भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ।

Advertisement 2

 

प्रकाशित :२०८० असार २४, आईतवार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry