नियुक्ति,बढुवा,भ्रमण स्वीकृतिदेखि दुई अध्यादेश जारीसम्म :-यस्ता छन् आजका क्याविनेट बैंठकका निर्णयहरु

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रणम अनु्मोदन गरेको हो ।
Advertisement 1
प्रधानमन्त्री शेरबहादुर देउवासँगै उर्जामन्त्री पम्फा भुसाल, परराष्ट्रमन्त्री नारायण खड्का,कृषिमन्त्री महेन्द्र राय यादव र स्वास्थ्यमन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने भएका छन् ।
यस्तै क्याविनेटले तीन जना डीआइजी बसन्त पन्त, रविन्द्र धानुक धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक अर्थात एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
यस्का अलवा आजको मन्त्रिपरिषद्को बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ । यस्तै गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरी नियुक्त गरेको छ ।
Advertisement 2
यस्तै सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघको पूर्व सचिव समेत रहेकी खड्कालाई पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त गरेको हो ।