इन्स्पेक्टरले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज
नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको छ ।
Advertisement 1
पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफूलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन्।
पीडितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिनाले गरेको म्यासेज कुराकानीको स्क्रिनसट सार्वजनिक गर्दै भनेकी छन्, ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत ।’ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ।जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी अजय केसीले घटनाबारे जानकारी पाएलगत्तै छानबिन समिति गठन गरिएको बताए ।
Advertisement 2
उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन्।स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे ‘ट्रस्ट मी, इट्स विट्विन अस भनेका छन् ।
पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।
‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा पीडितले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ ।