५.९ भूकम्प, तीन जनाको मृत्यु

इरान उत्तरपश्चिमी भागमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

Advertisement 1

भूकम्पमा परी ७ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । जसका कारण त्यहाँका धेरै भवनमा क्षति पुगेको इरानको आधिकारिक मिडिया एजेन्सी इरनाले जनाएको छ ।स्थानीय समय अनुसार शनिबार राति ९ बजेर ४४ मिनेटमा गएको यो भूकम्पको केन्द्र जमिनबाट सात किलोमिटर भित्र रहेको थियो ।

खोयनजिकैका अन्य सहरहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। इरानको मध्य सहर इस्फाहानमा रहेको सैन्य प्लान्टमा ठूलो विस्फोटको आवाज सुनिएको थियो तर सुरक्षा अधिकारीले भने कुनै हताहत नभएको बताएका छन्। इरानी राज्य प्रसारक आईआरआईबीले आइतबार बिहान आफ्नो वेबसाइटमा यो जानकारी दिएको हो।

Advertisement 2

आईआरआईबीले थप विवरण नदिई रक्षा मन्त्रालयको गोलाबारुद उत्पादन केन्द्रमा विस्फोट भएको र त्यहाँ कुनै हताहत नभएको इस्फाहान गभर्नोरेटका राजनीतिक र सुरक्षा उपप्रमुखले घोषणा गरेको बताएको छ।

 

प्रकाशित :२०७९ माघ १५, आईतवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry