चोरीपैठारीको लत्ताकपडासहित व्यक्ति नियन्त्रणमा

रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका १ चैनपुर ईलाकाबाट १ लाख ४८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित दुई जना महिलालाई सशस्त्र प्रहरीले असार १४ गते नियन्त्रणमा लिएको छ ।
Advertisement 1
नियन्त्रणमा लिईएकाहरुमा सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका ६ बस्ने ३१ बर्षिया मन्जु यादव र १२ बस्ने २३ बर्षिया अम्शु बानियाँ छन् । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडासति उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिईएको हो ।
नियन्यत्रणमा लिईएका उनीहरुलाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ । त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ५ स्थित सुकासाल ईलाकाबाट करीव १ लाख ८ हजार रुपैयाँ बराबरको किटनाशक औषधी तथा अन्य सामान असार १५ गते सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधी तथा सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले बरामद गरेको
हो ।
Advertisement 2
बरामद सामान भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको छ ।