१५ सय हेक्टर वन अतिक्रमण

झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो ।

Advertisement 1

डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताए ।

यस्तै सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा एक सय ११, दमकमा ११ दशमलव पाँच, पृथ्वीनगरमा दुई र राजगढमा २६ दशमलव पाँच हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ ।

Advertisement 2

झापाका दुई स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिवन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

प्रकाशित :२०८० असार १३, बुधबार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry