सोडारी मन्त्री हुँदा बहुबर्षिय ठेक्का लाग्यो,देउवा मन्त्री हुँदा बजेट काटियो

 

Advertisement 1

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा योजना काटिएसँगै प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाको चर्को आलोचना शुरु भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं ४ मा चालु आर्थिक बर्षमा ठेक्का भएर काम शुचारु भइसकेका योजनाहरुको बजेट काटिएसँगै स्थानीयहरुले विरोध जनाएका छन् ।

Advertisement 2

कांग्रेसका प्रदेश सभापति विर बहादुर बलायरको निर्वाचन क्षेत्रका आयोजनाको बजेट काटिए पछि सोही पार्टीकै नेताहरुले विरोध गर्न थालेका हुन । सुदूरपश्चिम प्रदेश सरकारको पुर्वाधार विकास मन्त्री हुँदा सोही निर्वाचन क्षेत्र बाट निर्वाचित प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीले ठेक्का आह्वान गराएका योजनाहरु देउवाले छानी छानी हटाए पछि स्थानीयहरु आक्रोशित भएका छन् ।
प्रदेश सरकारले योजनाको संख्या घटाउने नाममा अत्यावश्यक योजना समेत कटौतीमा परेपछि आक्रोशित भएका स्थानीय क्षितीज रावलले भने–सोडारी मन्त्री हुँदा आएका सडक पक्की पुल, सडक कालोपत्रे, सिचाई लगाएतका योजना हटाइएका छन् । यो नितान्त राजनीतिक पुर्वाग्रह भयो । आफ्नो क्षेत्रमा भने भौतिक मन्त्रीले पिच भैसकेका आयोजनामा समेत बजेट विनियोजन गरेको रातो किताबमा देखिन्छ ।
आर्थिक बर्ष २०७९÷०८० को बार्षिक कार्यक्रम पुस्तिकामा समाबेश भई आर्थिक मामिला मन्त्रालयबाट आर्थिक प्रस्ताव स्वीकृत भएर कार्यक्रम पुस्तिका समाबेश भएका भस्ना नाला सडक पुल निर्माण, शिबपुर सडक पुल निर्माण, भैसासुर सडक पुल निर्माण सुपारी आम देखि भादा जोड्ने सडक पुल निर्माण, नारायणपुर सरैया सडक पुल निर्माण घोडाघोडी नपा, गुडधोबी सडक पुल निर्माण लगाएतका थुप्रै योजनाहरुको बजेट कटौती भएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट बहुबर्षिय ठेक्का स्वीकृत भई पूर्वाधार बिकास कार्यालय कैलालीले २०७९ साल १२ महिना २९ गते पुल निर्माण कार्यको ठेक्का सूचना प्रकाशित गरेर निर्माण ब्यवसायीले ठेक्का बिड गरिसकेको छ ।

प्रकाशित :२०८० असार ९, शनिबार ०७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry