नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा रसुवामा मसाल जुलुस

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले रसुवामा मसाल जुलुस निकालेको छ ।
Advertisement 1
बुधबार साँझ सुवाको कालिका गाउँपालिका २ मा मसाल जुलुस प्रदर्शन गरेको हुन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै उनीहरुले बुधबार दिनभरि नै प्रदर्शन तथा विरोध गरेका थिए।
Advertisement 2
कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष हरि पौडेलले नागरिकता विधेयक खारेजी नभए देशभर विरोधको आगो बाल्ने चेतावनी दिए । उनीहरुले ‘देश बेच्न पाइँदैन’, ‘नागरिकता विधेयक खारेज गर’, ‘राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।