प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाइयो,राजेश झा नियुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको छ।
Advertisement 1
मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१०) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। परियार १८ कात्तिक २०७६ मा प्रदेश प्रमुख नियुक्त भएका थिए।

नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएर नेकपा निकट परियारलाई प्रदेश प्रमुख बनाएको थियो।
यसैबीच, प्रदेश २ को नयाँ प्रदेश प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गरिएको छ। नेपाल सरकारको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित :२०७७ फाल्गुन ७, शुक्रबार १६:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%