श्रीमान महाप्रवन्धक,श्रीमती लेखा प्रमुख

सयौं कर्मचारीका दम्पत्ति सरकारी सेवामा छन् । तिमध्ये कतिपय एउटै सेवा समूहका एउटै पद,तहमा छन् । त कतिपयका श्रीमान उपल्ला तह र श्रीमती तल्ला तहमा कार्यरत छन् ।
निजामती सेवामा विरलै भेटिन्छन् एउटै कार्यालयमा श्रीमान श्रीमती नै कार्यरत रहेको । यस्तै विरलै भेटिने दृश्य देख्न पाइन्छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा । जहाँ,श्रीमान महाप्रवन्धक छन्,हालैमात्र श्रीमतीलाई सेवा नै परिवर्तन गरेर लेखा समूहमा ल्याएर प्रमुख बनाइएको छ ।
Advertisement 1
तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर अडियो काण्डमा तानिएर निलम्बनमा परेसँगै चार महिना अगाडि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारी पठाइए ।उनी त्यहाँ गएपछि रातारात राजश्व सेवा समूहको कर्मचारीको सेवा परिवर्तन गरी लेखा शाखामा ल्याइएसँगै महाप्रवन्धक तिवारी विवादमा तानिएका हुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक तिवारीले राजश्व समूहको कर्मचारी रेनु तिवारीलाई सेवा परिवर्तन गरी आफ्नै कार्यालयको लेखा प्रमुखको जिम्मेवारी दिएपछि उनी विवादमा तानिएका हुन । राजश्व समूहका कर्मचारीलाई साधरणतया राजश्व अनुसन्धान विभाग, भन्सारले चलाउँछ भने लेखा समूहको कर्मचारीको सरुवा गर्ने काम महालेखा नियन्त्रकले गर्दै आएको छ । नियम अनुसार,उपसचिव तहसम्मका यी कर्मचारीहरुलाई एउटा सेवा समूहबाट अर्काे समूहमा लैजान मिल्दैन तर महाप्रवन्धक तिवारीले भने नीति नियमलाई मिचेर लेखा समूहको कर्मचारीलाई राजश्व समूहतर्फ लगेका हुन । सेवा परिवर्तन गर्ने परेको खण्डमा लोकसेवाको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
Advertisement 2
तर नागरिक उड्डयन प्राधिकरणले भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुलाई निाजमती सेवा ऐनल गाइड नगर्ने र त्यहाँका कर्मचारीहरु छुट्टै ऐनबाट चल्ने प्रतिक्रिया दिएको छ ।
आफू महाप्रबन्धक भएपछि तिवारीले श्रीमतीलाई आफैंले नेतृत्व गर्ने कार्यालयको लेखा शाखाको जिम्मा दिएपछि कर्मचारीहरुले आपत्ति जनाएका छन् ।