बजेटमा कर्मचारीको महँगी र पोसाक भत्ता कटौती हुन लागेको हो ?

अर्थ मन्त्रालयको कोर टिम आगामी आर्थिक बर्षको बजेट लेखनमा जुटेको छ । अबको ६ दिन पछि नै बजेट भाषण हुने छ । सोही कारण अर्थ मन्त्रालयको बजेट निर्माणमा सक्रिय टोली अहिले ढोका थुनेर बजेट निर्माणमा सक्रिय छन् । अर्थ मन्त्रालयमा गठन गरिएको बजेट टिमले अर्थसचिव अर्जुन पोखरेलको बैठक कक्षमा बसेर बजेट लेखन गरिरहेको छ ।

Advertisement 1

बजेट लेखन टिममा सहसचिव भुपाल बरालले संयोजन गरिरहेका छन् । सो टोलीमा सहसचिवहरु उत्तरकुमार खत्री सहित धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन् । यस्का अलवा विज्ञका रुपमा विश्व पौडेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्ट र अर्थविद् डा पोषराज पाण्डेले बजेट लेखनमा सघाइ रहेका छन् । झण्डै १६ खर्ब हाराहारीको बजेट तर्जुमा गर्न सिलिङ तोकेको छ । बजेट मस्यौदा लेखन समिति अहिले दैनिक १७ घण्टाभन्दा बढी समय बजेटमै केन्द्रीत छ ।

अघिल्लो पटकको बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराइएको बिषयले चर्चा पाएको थियो र आलोचनामा पनि परेका थिए अर्थमन्त्री जनार्दन शर्मा ।

Advertisement 2

यस पटक बजेट निर्माणमा हुन सक्ने चलखेललाई मध्यनजर गर्दै अर्थ मन्त्रालयमा बाहिर र भित्र गरी ३२ वटा क्यामेरा जडान गरिएको र सो क्यामराले कैद गरेका सामाग्री तीन महिनासम्म स्टोरेजमै रहने अर्थका अधिकारीहरुले जनाएका छन् ।

यता यस पटकको बजेटमा सरकारी कर्मचारीहरुले पाउँदै आएको महंगी र पोशाक भत्ता कटौती गर्न लागिएको बजेट निर्माणमा संग्लग्न अर्थकै एक अधिकारीले जानकारी दिएका छन् । सामाजिक सुरक्षा भत्ता कटौती नहुने तर विगतदेखि नै कर्मचारीलाई दिइदै आएको महँगी र पोसाक भत्ता कटौतीको तयारी भइरहेको छ । ती सदस्यले भने,सरकारी कर्मचारीले पाउँदै आएको महँगी भत्ता र वार्षिक रुपमा प्राप्त गर्दै आएको पोषाक भत्ता भने कटौती हुनेछ ।

प्रकाशित :२०८० जेष्ठ ९, मंगलवार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry