प्रचण्डपत्नी सीतादेखि माधव नेपालका बुवालाई विभुषण
सरकारले आज संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रबाट राष्ट्र विकासमा अतुलनीय योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी र अलकार तथा विभुषण गर्दैछ । कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न,सुर्वण शमशेर जबरा र झलनाथ खनाललाई राष्ट्र गौरव, ५ जनालाई महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी , ४ जनालाई सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी , न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई र्उज्ज्वल कीर्तिमय राष्ट्रदीप, २४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री,३९ जनालाई सुकीर्तिमय राष्ट्रदीप, १६१ जनालाई सुप्रवल जनसेवाश्री, ८ जनालाई कीर्तिमय राष्ट्रदीप, ३ सय १९ प्रवल जनसेवाश्री र १९० जनसेवाश्री गरी झण्डै ९ सयले विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गर्ने भएको छ।
Advertisement 1
मन्त्रिपरिषद्को २०७८ भदौ २९ गतेको सिफारिसअनुसार विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गरिएको हो। सरकारले सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ।
यस्तै‚ दोस्रो ठूलो राष्ट्र गौरव मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्ण शमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ। यसैगरी महाउज्जवल राष्ट्रद्वीप प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ।
Advertisement 2
सुप्रसिद्ध प्रबल जनसेवा प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ। यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले घोषणा गरेको विभुषण तथा पदकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल पनि परेकी छन्। उनलाई सरकारले सुप्रसिद्ध प्रवल जनसेवाश्रीले विभुषण गर्न लागेको हो। यो विभुषण पाउनेको ३६ औं नम्बरमा सीताको नाम छ।
Advertisement 3
यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका दिवंगत बुवा मंगल कुमार उपाध्याय प्रवल जनसेवाश्रीबाट सम्मानित हुने भएका छन्। गौरस्थित श्री ३ जुद्ध हाइस्कुलको प्रधानाध्यापक र रौतहट क्याम्पसको पूर्वक्याम्पस–प्रमुख समेत रहेका उनलाई साहित्यकारका रुपमा उक्त पदक प्रदान गर्न लागिएको हो।