प्रचण्ड माधव समूहमा लागेको कारण देखाउँदै तीन कर्मचारी बर्खास्त

भेरी नगरपालिकाकाले तीन जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ । नगरपालिकाको एमआइएस अपरेटर पदम शर्मा,एमआइएस अपरेटर सरोज वली र सहायक चौथो भरतकुमार शर्मा माथि प्रचण्ड माधव समूहमा लागेको भन्दै स्पष्टीकर सोध्दै निलम्बन समेत गरिएको छ ।

Advertisement 1

नगरपालिकाले निजामती सेवा ऐनको भावना विपरीत हुने गरी नेकपा(प्रचण्ड-माधव समूह)मा लागेको प्रमाण भेटिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधिएका तीन जना कर्मचारी पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेको हो ।

उनीहरु प्रचण्ड माधव समूहको प्रेस संगठनमा आवद्ध भएको भन्दै १७ गते स्पष्टकीरण सोधिएकोमा १८ गते नै कारवाही गर्दै बर्खास्त गरिएको छ । सो घटनाप्रति जाजरकोटका कर्मचारी ट्रेड युनियनहरुले आपत्ति जनाएका छन् । कुनै पनि राष्ट्रसेवक पेशागत हकहितका लागि पेसागत रुपमा संगठित हुन पाउने संवैद्यानिक हकको विपरित बर्खास्तीमा पर्नु दुराशय पूर्ण निर्णयको घोर निन्दा गर्दै पूर्वाग्रही सोचबाट भएको निर्णय फिर्ताको माग गरिएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष वीरु बहादुर चन्द,नेनिकस जिल्ला संगठन जाजरकोटका सचिव रामसिंह ठकुरी,नेपाल निजामती कर्मचारी युनियन (संघ)का उपाध्यक्ष कृष्णबहादुर खत्री र नेराकसका कावा अध्यक्ष दलविर पुनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निर्णय सच्चाउन र बर्खास्त गरिएका कर्मचारी पुर्नवहाली गर्न माग गरिएको छ ।

प्रकाशित :२०७७ फाल्गुन २०, बिहीबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry