आन्तरिक राजश्व विभागको महानिर्देशकमा आचार्य


आन्तरिक राजश्व विभागको महानिर्देशकमा झक्क आचार्यले बाजी मारेका छन् । विभागको महानिर्देकको प्रवल दावेदार मानिएका अन्य प्रतिष्प्रर्धी सहसचिवहरुलाई पछि पार्दै अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका आचार्य राजश्व विभागको हाकिम बनेका हुन् ।
तत्कालीन महानिर्देशक विनोद कुँवर आफ्नै घर पायक गण्डकी प्रदेश सरुवा भएसँगै आन्तरिक राजश्व विभाग विगत एक महिनादेखि नेतृत्वविहीन अबस्थामा थियो ।

Advertisement 1

महानिर्देशकको प्रवल दावेदारका रुपमा हेरिएको थियो दीर्घराज मैनाली,चन्द्रकला पौडेल र बलराम रिज्यालदेखि रामेश्वर दंगालसम्म । तर तीमध्ये केही वरिष्ठ सहसचिवहरु बढुवाको मुखमा रहेका कारण महानिर्देशक बन्न अस्वीकार गरेका थिए । यसबीचमा मैनालीलाई राजश्व विभागको महानिर्देशक बनाइएको चर्चा पनि नचलेको होइन् । मैनालीलाई अर्थ सचिव शिशिर ढुंगनाको साथ थियो । उनी प्रधानमन्त्री कार्यालय मातहत राजश्व अनुसन्धान बिभागका महानिर्देशकका रुपमा कार्यरत थिए । अर्थमन्त्री विष्णु पौडेलको जोड चाहिँ आफ्नो नातेदार चन्द्रकला पौडेल त्यहाँ पठाउने थियो । उद्योग विभागका बलराम रिज्यालदेखि रामेश्वर दंगाल र झक्कसम्मलाई दावेदार मानिँदै आएको अर्थमन्त्रालयले विभागको जिम्मा आचार्यलाई दिएको हो।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई सबैभन्दा महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त गरेको हो।

प्रकाशित :२०७७ फाल्गुन ७, शुक्रबार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry