वकिलहरूले म्याद गुज्रेको बियर पिएपछि….
पोखरामा म्याद गुज्रिएको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ। लाभाजु इन्टरप्राइजेजको स्टोरबाट बरामद गरेको १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको म्याद गुज्रिएको बियर प्रशासनले पोखरा महानगरपालिका– १७ मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
Advertisement 1
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याद गुज्रिएका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए। लाभाजुलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। प्रशासनले ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर पोखरा महानगरपालिका– ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजेजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको म्याद गुज्रिएको बियर बरमत गरेको थियो।
Advertisement 2
बरामद गरिएको बियर आवश्यक प्रक्रिया पूरा गरेर बियर नष्ट गरिने सहायक प्रजिअ ढकालले बताए । ‘नगरपालिकाको गाडीमार्फत सुरक्षा समितिको नियन्त्रणमा राख्छौं, भोलि आम सञ्चारकर्मी साथीहरु, सरोकारवाला निकायसँगको छलफलपछि नष्ट गर्छौं,’ उनले भने, ‘जहाँ पाए त्यहीँ नष्ट गर्ने कुरा पनि भएन, जहाँ उपयुक्त हुन्छ त्यहिँ लगेर नष्ट गर्छौं ।’
पोखरा नजिकैको कार्की डाँडामा मंगलबार जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसियसनका वकिलहरुको सामूहिक पिकनिक थियो । पिकनिकमा लागि ब्रोडवाइजर नामक बियर लगिएको थियो । २४ बोत्तल पिइसकेपछि थाहा भयोे– बियरको म्याद २ महिनाअघि नै गुज्रिसकेको रहेछ ।पोखरा सेल्वेज डिपार्टमेन्टल स्टोर्सबाट लगिएको बियर म्याद गुज्रेको थाहा भएपछि वकिलहरुले जिल्ला प्रशासन कार्यालयलाई खबर गरे ।‘वकिलजीहरुले बियर पिउँदै गर्दा म्याद गुर्जेको भन्ने थाहा भयो । त्यसपछि हामीलाई खबर आयो,’ जिल्ला प्रशासन कार्यालय कास्कीका नासु शिवप्रसाद शर्माले भने, ‘त्यसपछि हामी तत्काल अनुगमनमा गयौं ।’
Advertisement 3
जिल्ला प्रशासन कार्यालय कास्कीका साहयक जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका कर्मचारीसहित प्रहरी र जनप्रतिनिधि सेलवेज डिपार्टमेन्टल स्टोर्सको अनुगमनमा निस्किए। सेलवेजले बडवाइजर बियरको अधिकृत विक्रेता पर्स्याङमा रहेको लाभाजु इन्टरप्राइज रहेको जानकारी गरायो।