४४ सहसचिव सरुवा :-संघबाट ९ लाई प्रदेशमा खटाइँदा,प्रदेशका ६ जना संघमा तानिए (सूचीसहित)

सरकारले एकै पटक ४४ जना सहसचिवहरुको सरुवा गरेको छ । जसमा केहीको पदस्थापन,केही कामकाज र अरुको सरुवा गरेको हो ।
सरुवा भएकामध्ये पुष्पराज शाही र सुमन घिमिरे गृहबाट आउट हुँदा ६ सहसचिवलाई गृहमा भित्राइएको छ । यस्तै,४  सहसचिव सामान्यमा तानिएको छ । ११ सहसचिवलाई संघबाट प्रदेशतिर पठाइँदा ६ जना सहसचिवलाई प्रदेशबाट संघमा तानिएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेशका कमल राज ढकाल,निर्वाचन आयोगका तुल्सी बहादुर श्रेष्ठ,युवा तथा खेलकुद मन्त्रालयका शिवराम न्यौपानेहरु गृहमा भित्राइएका छन् । यस्तै,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका झक्क प्रसाद आचार्यलाई गृहमा लगिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैरेले पनि गृहमा प्रवेश पाएका छन् । श्रम मन्त्रालयमा तीन महिनादेखि जगेडामा रहेका मदन दाहालले पनि गृहमा प्रवेश पाएका हुन । गृहमा यस अघि नै तीन सहसचिव अतिरिक्त समूहमा छन ।

Advertisement 1

यता,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाल,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदिप राज अधिकारी,सहसचिव पुष्पराज शाही सामान्यको अतिरिक्त समूहमा राखिएको छ ।

यस पटक पनि शक्तिकेन्द्रसँग नजिक भएका सहसचिवहरुलाई सिंहदरबार छाडेर प्रदेशतिर जानु परेको छैन । उनीहरु सिंहदरबारकै अन्तर मन्त्रालय सरुवा हुने अवसर पाएका छन् ।

saruwa list
प्रकाशित :२०८० बैशाख २७, बुधबार ०६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry