पूर्वमन्त्री श्रेष्ठविरूद्ध चार करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनसुन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालयका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Advertisement 1

अख्तियारले उनीमाथि ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो दावी गरेको छ । श्रेष्ठ शिक्षक पदबाट १८ चैत २०२६ सालमा सेवामा प्रवेश गरी २६ कात्तिक २०३६ मा शाखा अधिकृत पदमा नियुक्त भएका थिए ।

विभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भई ८ माघ २०६४ मा अनिवार्य अवकाश पाएका श्रेष्ठ ६ कात्तिक २०६९ देखि २९ माघ २०७० सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रीसमेत भएका थिए ।

Advertisement 2

श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा कुल आय आर्जन ६ करोड ९० लाख १६ हजार ६२७ देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ । जसमध्ये उनको खर्च (व्यय) ११ करोड ३५ लाख ४४ हजार २९४ देखिन्छ । खर्च कटाएर बाँकी रहेको ४ करोड ४५ लाख २७ हजार ६६६ बराबरको सम्पत्तिको स्रोत खुल्न नआएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

प्रकाशित :२०७८ फाल्गुन १५, आईतवार १७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry