प्रहरीकै हवल्दार तस्करी, मलद्वारमा लुकाएर ल्याउँदै थिए खैरो हिरोइन

कैलालीमा लागुऔषधको तस्करी गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन्।शनिबार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्।

Advertisement 1

इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका-२ मोतीपुरका बासिन्दा हुन्। सुनारसँगै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका छन्। उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।

सुनार वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागु औषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए। उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्। अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए।

प्रकाशित :२०८० बैशाख २४, आईतवार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry