रसुवागढीबाट भित्रन थाले पर्यटक

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन्। कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् ।

Advertisement 1

अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका छन् । जसमा ३ जना महिला छन् । यो नाकाबाट २४ जना चिनियाँ बाहिरिएका छन् । जसमा ७ जना महिला छन् ।

नेपालमा यस दिन कुल ६ हजार २०८ जना विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । जसमा भारतीय स्थल नाकाबाट भित्रने भारतीय र नेपाली नागरिकको भने गणना हुँदैन । चीनतर्फका अन्य नाकाबाट भने यात्रु अझै भित्रिएका छैनन् ।

प्रकाशित :२०८० बैशाख ५, मंगलवार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry